हरिहरपुरगढीमा छेकेन कोरोनाले तीज,
भदौ, सिन्धुली (हरीहरपुरगढी) – हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल सौभाग्य, सुयोग्य वर र परिवारको कल्याणका लागि कठोर व्रत बसेर भगवान शिवको पूजा गर्ने दिन ।
यो वर्ष कोरानाको महामारीले भने सदा जस्तै त्यति रौनक देखिएको छैन । तर गाउँघरतिर खासै त्यसको प्रभाव भने परेको देखिँदैन । झन् कोरोनाको महामारीले सरकारले लकडाउन गरेको अवस्थामा शहरमा बस्ने महिलाहरुको जमघट गाउँतिर बाक्लै देखिन्छ ।
सिन्धुलीको हरिहरपुरगढीमा बन्दको कुनै प्रवाह नगरी स्थानीय महिला दिदि बहिनीहरुले सार्वजनिक स्थलमै रमाइलो गरी तीज पर्व मनाएका छन् । यहाँका शिव मन्दिरहरुमा पनि महिलाहरुको भीड पनि बाक्लै देखियो ।

कुनै पनि सुरक्षा सामग्री अपनाएको देखिएन वर्षमा एकपल्ट आउने महिलाहरुको महान पर्व तीज मनाउनुपर्छ तर यस्तो महामारीको बेला सतर्कता नअपनाउँदा समुदायमा कोरोना भाइरस फैलिन सक्ने सम्भावना हुँदा स्थानीय निकाय र समुदाय सचेत हुन भने जरुरी छ ।

बिशालराज राई




