जुगल गाउँपालिका उपाध्यक्ष तामाङले बुझी लिएको सहयोग पहिरो पीडितलाई वितरण

तामसालिङ खबर
५ भाद्र २०७७, शुक्रबार १५:४२

भदौ, सिन्धुपाल्चोक – लिदि पहिरो पीडितलाई देश विदेशका विभिन्न संघ सस्थाहरु बाट प्राप्त रकम पालिका उपाध्यक्ष सृजना तामाङले बुझिलिएको नगद जम्मा ५ लाख ६२ हजार ५ सय रुपैयाँ पहिरो पीडितलाई वितरण गरिएको छ ।

नेपाल तामाङ समाज कतारबाट रु १ लाख, द वर्गर हाउस एण्ड फ्राई चिकेन टिम बाट रु २ लाख ५२ हजार ५ सय, तामाङ सोसाइटी अफ अमेरिका बाट रु १ लाख २० हजार, हङकङ नेपाली युवाबाट ६० हजार, पदम बहादुर तामाङ पाँच पोखरी थाङ्पाल गापाबाट व्यक्तिगत रु २० हजार, तेज तामाङ धनुषाबाट ५ हजार, सगु प्रोडक्सन प्रोपाइटर गणेश अधिकारी रु ५ हजार गरि जम्मा रकम ५ लाख ६२ हजार ५ सय रुपियाँ प्रत्यक्ष रुपमा घटना स्थल मै पुगेर गाउँपालिका उपाध्यक्षको रोहवरमा पहिरो पीडितलाई वितरण गरिएको छ ।

राहत ३९ मृतक लाई १० हजार को दर ले जम्मा ३ लाख ९० हजार त्यसै गरि घाइते हरु ५ जना लाई प्रती व्यक्ति ५ हजार को दरले र पहिरोबाट घर पुर्ण क्षति भएका २२ घरधुरी लाई ५ हजार ५ सय को दर ले वितरण गरिएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*