कोरोना संक्रमितको बढदै गएपछि दोलखामा लकडाउन थप

तामसालिङ खबर
६ भाद्र २०७७, शनिबार ०७:२९

भदौ, चरिकोट – दोलखा जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि भदौ १० गते सम्म लकडाउन थप गरिएको छ ।

भदौ ६ गते आज राती १२ बजे सम्मका लागि गरिएको लकडाउन पुन थप गरि १० गते सम्म लकडाउन घोषणा गरेको छ ।

जिल्लामा कोरोना बढदै गएको भन्दै लकडाउन थप गरेको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिनु भयो ।

कोरोना भाइरसको जोखिम बढेको र नियन्त्रणका लागि शुक्रबारको बैठकले भदौ १० गते सम्म लकडाउन गर्ने निर्णय भएको जिल्ला समन्वय समितीका प्रमुख डबल पाण्डेले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*