आगलागी पीडित मोक्तानलाई फापरबारी रेडक्रसको सहयोग
भदौ, हेटौडा (बागमती) – मकवानपुरको पुर्बी क्षेत्र बागमती गाउपालिका – ३ घट्टदमारका घर आगालागी पीडित गुण बहादुर मोक्तानलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरबारीले राहत सहयोग गरेको छ ।
बागमती गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बल बहादुर पाख्रिनको उपस्थितिमा आगलागी पीडित मोक्तानलाई भाँडाकुँडा, त्रिपाल र लत्ताकपडा वितरण गरिएको नेपाल रेडक्रस उपशाखा फापरवारीका सभापति इन्द्रमणि तिमल्सिना (केशब) ले बताए ।
राहत वितरण कार्यक्रममा नेकपाका नेता कमान सिं पाख्रिन (पृथक), नेपाल रेडक्रस उपशाखा फापरबारीका कोषाध्यक्ष शंकर पराजुली, जय बहादुर वाइबा, ज्ञान मन्दिर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल दोर्जे तमाङ लगायतको उपस्थिति रहेको थियो । मोक्तानको घरमा गत साउन २२ गते आगलागी भएको थियो ।






