मकवानपुर घेदुङका कावा अध्यक्ष घलानद्वारा आइसोलेसनका संक्रमितलाई फलफुल वितरण
भदौ, हेटौडा – नेपाल तामाङ घेदुङ मकवानपुरको कार्यबाहक अध्यक्ष एवम समाजसेबी कालु घलानले गौरिटारको आइसोलेशन वार्डमा रहेका कोरोना संक्रमितलाई फलफुल तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, गौरीटारको आइशोलेशनमा पुगी घेदुङको कार्यबाहक अध्यक्ष घलानले आज (शुक्रबार) आइसोलेसन वार्डका मेडिकल अधिकृत डाक्टर सन्तोष यादबलाई फलफुल हस्तान्तरण गरीएको हो ।
आइसोलेशनमा रहेका ८४ जना संक्रमितको लागि २५ किलो स्याउ, १५ दर्जन केरा, ३० प्याकेट पाउरोटी, १० लिटर दूघ, र स्वास्थ्य सामग्री १०० वटा माक्स प्रदान गरिएको छ ।
संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै कावा अध्यक्ष घलानले आईसोलेशन वार्डमा खटिनु भएका स्वस्थाकर्मीलाई धन्यबाद दिदै पछिको दिनमा कुनै आबश्यक सामग्री रहेमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

फलफुल वितरणमा मेडिकल अधिकृत डाक्टर सन्तोष यादब, घेदुङको कार्यबाहक अध्यक्ष कालु घलान, घेदुङको सदस्य एबम पत्रकार दिलबहादुर लामा, हेल्थ असिस्टेन्ट अनिल धामी लगायतको सहभागी रहेको थियो ।

ताम्सालिङ खबर




