सिन्धुपाल्चोक लिदिका पहिरो पीडितलाई नायक लोप्चनद्वारा आर्थिक सहयोग
भदौ, भक्तपुर – सिन्धुपाल्चोकको लिदि पहिरो पीडितलाई तामाङ चलचित्रका नायक जंगे लोप्चनले आर्थिक सहयोग गरेको छ ।
नायक लोप्चन परदेशमा रहेको कारण यता हाम्रो समृद्ध नेपालका विशेष समन्वयमा राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन वलको आतिथ्यतामा जुगल गाउँपालिका उपप्रमुख सृजना तामाङलाई रु ४० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
लामो समयदेखि तामाङ चलचित्रको पर्दामा मुख्य नायकको भुमिकामा देखा उनि आफुले सकेको सहयोग समाजका लागि निरन्तर गरिरहने प्रतिबद्धता समेत लोप्चनले बताए ।
उपप्रमुख तामाङले साथ सहयोग गर्नुहुने सहयोगी मनकारीहरुलाई स्थानीय सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेकी छिन् । गत साउन ३० गते शुक्रबार बिहान जुगल गाउँपालिका लिदिमा भिषण पहिरो गएको थियो ।






