भीमफेदी गाउपालीकामा आईसाेलेसन वार्ड सञ्चालन

सुरेन्द्र थिके
१३ भाद्र २०७७, शनिबार १८:०३

भदौ, हेटौडा (भीमफेदी) – मकवानपुरको भीमफेदी गाउपालिकामा काेभिड १९ आईसाेलेसन वार्ड सञ्चालनमा आएकाे छ । काेराेना प्रभाब भएकाे सुरूबाती देखि क्वारेन्टिन सञ्चालनमा आईरहेकाे भएता पनि हाल काेराेना संक्रमित संख्या बढ्दो भएपछी गाउपालीकाले आफ्नै आईसाेलेसन वार्ड सञ्चालनमा ल्याएकाे हाे ।

हाल सम्म भीमफेदी गाउपालिकामा १५ जना काेराेना संक्रमित प्रमाणीत भई सकेकाे छ । हाल महेन्द्र मावि भीमफेदी लाई आईसाेलेसन कक्ष र भीम आधार कम्युनीटी स्कूललाई क्वारेन्टाइनकाे रूपमा सञ्चालनमा ल्याएकाे छ ।

त्यस्तै, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रले पहिलाे पटक बिमारीलाई रक्त सेवा प्रदान गरेकाे छ ।

काेराेना प्रभाबले लकडाउन लागू भएदेखि भीमफेदी वडा नं ६ एक मृगाैला दिर्घ राेगले पिडित बिमारी लामाे समय घरमा सुरक्षित बसाई क्रममा शाररिक श्वास प्रश्वासकाे समस्या आई जिल्ला स्थित अस्पतालले उपचारमा सहज नभएकाे जनाए पछि जिल्ला रेडक्रस रक्त भण्डार सेवा ब्लड बैंकबाट आबश्यक प्रकृया पूरा गरि रगत भीमफेदी ल्याएर रक्त प्रदान कार्य गरेकाे हाे ।

डा. प्रबिण पाठक लगायत स्वास्थ्यकर्मी काे संयुक्त प्रयासमा साे सेवा पहिलाे पटक संञ्चलनमा ल्याएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*