हेटौँडामा निषेधज्ञा हटाउने निर्णय, बिहान १० बजेसम्म सबै ब्यवसाय खोल्न पाइने
भदौ, हेटौँडा – बागमती प्रदेशको राजधानी हेटौडामा निषेधाज्ञा हटाउने निर्णय भएको छ । हेटौडा उपमहानगर क्षेत्रमा गत साउन २६ गतेबाट लागु भएको निषेधज्ञा भोली भदौ १६ गते मंगलबारबाट हटाउने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यलयमा आज भएको कमाण्ड पोस्टको बैठकले निषेधज्ञा हटाउने निर्णय गरेको हो । बैठकले निषेधज्ञा हटाउने निर्णय गरेको भएपनि बजार सञ्चालन भने बिहान १० बजेसम्म मात्र गर्न दिने निर्णय गरेको छ । यो निर्णय भदौ २५ सम्म लागु हुने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनु भयो ।
बैंक तथा बित्तिय सस्थाहरु भने विहान १० बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन गर्न दिईने निर्णय भएको छ । बिहान बजार सञ्चालन भएपनि सवारीसाधनमा भने रोक लगाउने भएको छ ।
मालबाहक बोक्ने लोड सवारी साधनहरु साँझ ७ बजेपछि मात्र सञ्चालन हुनेछन् भने सार्वजनिक यातायात सञ्चालनमा पूर्ण रोक लगाईको छ ।


ताम्सालिङ खबर




