नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूचीसहित)
भदौ, काठमाडौं – नेपाल प्रहरीले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । नेपाल प्रहरीको भदौ १५ गते भएको निर्णयानुसार ७२ डीएसपीको सरुवा भएको हो ।
डीएसपी अनुपम श्रेष्ठलाई दैलेखको जिम्मेवारी दिइएको छ । त्यस्तै, अपिलराज बोहरालाई महानगरीय प्रहरी बृत्त कालिमाटीको जिम्मेवारी तोकेको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय इटहरीमा अर्जुन केसी, गोविन्द थापा सल्यान, गौतम थापा तेर्हथुम, चक्रबहादुर शाह कालिकोट, चित्रबहादुर भट्टराई मुगु, दानबहादुर थापा पाँचथर, नरेशराज सुवेदी रोल्पा, मदनजित महरा बाजुराको इञ्चार्जमा सरुवा भएका छन् ।







