बोबाङकाे पहिरोमा हराएका एक जनाको शव भेटियो

तामसालिङ खबर
२० भाद्र २०७७, शनिबार १४:३५

भदौ, बागलुङ – गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोख्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो ।

बीभत्स शवको उमेर अन्दाज गर्नसमेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । पहिरामा २३ जना अझै हराइरहेका छन् । हराएकामा १५ दिने शिशुदेखि वयोवृद्धसमेत छन् । मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ । एकजनाको शव सनाखत हुन बाँकी छ ।

भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ । प्रहरीले हराएकाको खोजी जारी राखेको छ । आज पनि बिहानदेखि खोजी सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*