१ सय ३८ जनाले पार्टी छोडेको समाचार प्रति विप्लव नेतृत्वको नेकपा मकवानपुरको ध्यानाकर्षण

तामसालिङ खबर
२१ भाद्र २०७७, आईतवार १०:४१

भदौ, हेटौंडा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मकवानपुरले संचारमाध्यममा आएका बाहिरि भ्रमपुर्ण समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको र उक्त भ्रमपुर्ण समाचारबाट भ्रमित नहुन आग्रह गरेको छ ।

शनिबार ‘विप्लव’ मकवानपुरका इन्चार्ज जमिनले प्रेस विज्ञप्तीमा जारी गर्दै पुर्व जिल्ला सेक्रेटरि पासाङ सहित १३८ जना पार्टि परित्याग गरि स्वतन्त्र भएको भनि आएको समाचार सत्य नभइ भ्रमपुर्ण र तथ्यहिन भएको जनाइएको छ ।

विज्ञप्तीमा पुर्व जिल्ला सेक्रेटरि पासाङलाई पार्टिको निति सिद्धान्त विपरित कार्य गरेको, आर्थिक अनियमितता गरेको, पार्टिका सुचना र गतिबिधि दुश्मनलाइ पुर्याएकोले गएको भदौ १५ गतेनै पार्टिले कारबाही गरि सकेको जनाएको छ ।

यसैगरि विज्ञप्तीमा १३८ जनाले पार्टी परित्याग गरिएको भनिएकोमा जिल्ला सदस्य जुरे घिसीङ बाहेक अरु कोहि पनि आफ्नो पार्टिमा आवद्ध नरहेको जनाइएको छ।

गत शुक्रबार पुर्व जिल्ला सेक्रेटरि पासाङले पत्रकार सम्मेलन गर्दै आफु सहित विप्लव मकवानपुरका १ सय ३८ जनाले पार्टी परित्याग गरि स्वतन्त्र जीवनयापन गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*