मकवानपुरमा नयाँ नागरिकता र राहदानी बनाउन खुला

तामसालिङ खबर
२६ भाद्र २०७७, शुक्रबार १८:२१

भदौ, हेटौंडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबारबाट नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी (पासपोर्ट) बनाउन सेवा खुला गरेको छ । कोरोना संक्रमणको जोखिमको कारण साउन २६ देखि बन्द रहेको सेवा शुक्रबारबाट खुलेको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका १० स्थानीय तहलाई साताको दुईदिन उक्त सेवा दिने व्यवस्था मिलाइएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*