रजैयाको दुर्घटनामा बकैयाका प्राविधिकको मृत्यु

तामसालिङ खबर
३ आश्विन २०७७, शनिबार ०१:५०

असोज, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ रजैयामा मोटरसाईकल दुर्घटना हुँदा बकैया गाउँपालिकामा कार्यरत ओभरसियरको मृत्यु भएको छ ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनि बस र हेटौंडाबाट चितवनतर्फ जाँदै ना ४९ प २४०० नम्बरको मोटरसाइकल ठक्कर खादा मोटरसाइकल चालकको मृत्यु भएको हो । राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगत जिल्ला आयोजना कार्यान्वयन इकाइमा कार्यरत ओभरसियरको मृत्यु भएको हो ।

बकैयामा कार्यरत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ का २९ बर्षीय दिपेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका युवक कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा जाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*