अस्थायी कोरोना अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले १० लाख दिने

तामसालिङ खबर
२ आश्विन २०७७, शुक्रबार ०६:१७

असोज, काठमाडौं – स्थानीय तहमा अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश लाख रुपैयाँ उप्लब्ध गराउने भएको छ ।

स्वास्थ्य मन्त्रालयले विहीबार स्थानीय तहमा कोरोना अस्थायी अस्पताल सञ्चालन सम्बन्धी मार्गदर्शन–२०७७ जारी गर्दै ६ सय ४९ वटा स्थानीय तहलाई बजेट उपलब्ध गराउने जनाएको हो ।

जारी मार्गदर्शनमा प्रत्येक स्थानीय तहलाई आईभी स्ट्यान्ड बेड र साइड लकर सहितको बेडका लागि ५ लाख रुपैयाँ, औषधिका लागि ५० हजार, करारमा एक जना चिकित्सक, दुई जना स्टाफ नर्स र असिस्टेन्ट एक जनाका लागि ४ लाख ५० हजार छुट्याइएको उल्लेख गरिएको छ ।

तत्कालका लागि बजेट अपुग भएमा सम्बन्धित स्थानीय तहले आफैले व्यवस्था गनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

जारी मार्गदर्शनमा कोभिड अस्थायी अस्पताल पछि ५, १० र १५ शैय्याको अस्पतालमा रुपान्तरण हुने र सोही स्थानमा अस्थायी अस्पताल सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*