मनहरी १ को वडा कार्यालय भवन शिलान्यास
हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर १ को वडा कार्यालयको भवन शिलान्यास गरिएको छ । मनहरी गाउपालिकाको अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा मंगलबार शिलान्यास गरिएको हो ।
बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको र देशब्यापी बन्दाबन्दीको कारण वडा भवनको निर्माण कार्य बढाउन नसकिएको अबस्थामा हाल सबै माहोललाई मिलाएर वडा भवन शिलान्यास गरिएको वडाध्यक्ष शिबप्रसाद खनालले बताउनु भयो ।
शिलान्यास वडा नम्बर १ को वडाध्यक्ष शिबप्रसाद खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा संबिधान सभा सदस्य राजाराम स्याङ्तान, मनहरी गाउपालिका उपाध्यक्ष मनिला बिष्टको बिशेष आतिथ्यतामा भएको थियो ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मनहरी गाउपालिका अध्यक्ष रामप्रसाद कालाखेती, सचिब हेमलाल उप्रेती, नेपाली कांग्रेस मनहरी गाउपालिका सदस्य सागर जिम्बा, मनहरी गाउपालिका खेलकुद बिकास समिति अध्यक्ष नबिन सुबेदी, नेकपा मनहरी गाउपालिका वडा नम्बर १ को सह-इन्चार्ज बिशाल लामा थिङ लगायत वडाका प्रतिनिधिहरु लगायत उपस्थित रहेका थिए ।






