कर्णालीका मुख्यमन्त्रीले हटाए मुख्य सचेतक

असोज, काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ ।
प्रमुख सचेतक गुलाफजङ शाहलाई दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निलम्बन गरेका छन् । उनको ठाउँमा सीता नेपाली नियुक्त गरेको पत्र थमाएको एक सांसदले बताए ।