हेटौंडा २ को टोलविकास समन्वय समितिमा घले

तामसालिङ खबर
१८ माघ २०७७, आईतवार ०७:३७

माघ, हेटौंडा – टोलविकास संस्था वडा नम्बर २ समन्वय समितिको दोस्रो साधारणसभा तथा अधिवेशनले मनिषा घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिका उपाध्यक्षमा सानोकान्छी वरुवाल, सचिवमा गिता तिमल्सीना, कोषाध्यक्ष लक्ष्मी तिमल्सीना, सदस्यहरु सुनिता शर्मा, चण्डीका गौतम, जानुका कडेल, सानोमायाँ श्रेष्ठ, इस्वरी प्रसाद ढकाल, टिकाभक्त उप्रेती, मधु प्रसाद सुवेदी चयन हुनु भएको छ ।

टोलविकास संस्था हेटौंडा वडा नम्बर २ समन्वय समितिका तत्कालिन अध्यक्ष शारदा ढोडारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका हिम शर्मा पौडेल, हेटौंडा उपमहानगरपालिका नगर समन्वय समितिका कोषाध्यक्ष चन्द्रवती पनेरु लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*