मनहरी ६ अन्नपूर्ण बस्तिमा विद्युती बिस्तार
माघ, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ६ डिपार्ट, अन्नपूर्ण बस्तिमा बिद्युत बिस्तार भएको छ । पूर्व पश्चिम राजमार्ग संग जोडिएको बस्ती भएपनि उक्त स्थानमा बिद्युतिकरण भएको थिएन ।
लामो समय देखि सोलर र टुकी बत्तिको साहारा लिदै आइरहेको सो स्थानका बासिन्दाहरुले अब भने उज्यालो हुनेगरी बिजुली बत्ती बाल्न पाउने भएका छन । ६ नम्बर वडाको पहलमा विद्युतीकरण भएपछी अन्नपूर्ण बस्तिका ५० घर धुरी लाभान्वित भएका छन ।
त्यस्तै, मनहरी – ६, प्रतापपुर पुच्छरका स्थानीयहरुले लामो समय देखि झेल्दै आएको बिद्युतिय भोल्टे समस्याको समाधान हुने भएको छ ।
स्थानीय युवाहरुको पहलमा नेपाल बिद्युत प्राधिकरण हेटौंडा शाखाले अन्नपूर्ण र प्रतापपुर पुच्छरलाई समेटी अन्नपूर्ण बस्तिमा एक सय केभीको ट्रान्समिटर राखेपछी सो स्थानका बासिन्दाहरुले लामो समय देखि झेल्दै आइरहेको समस्य समधान भएको हो ।

ताम्सालिङ खबर




