हरिहरपुरको झनझनेमा ल्होछार सास्कृतिक कार्यक्रम हुने

बिशालराज राई
२१ माघ २०७७, बुधबार ११:४२

माघ, सिन्धुली (हरिहरपुर) – तामाङ समुदायको २८५७ औ लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा सिन्धुलीको हरिहरपुरगढी झनझनेमा ल्होछार विशेष सास्कृतिक कार्यक्रम हुने भएको छ ।

मंगलबार नेपाल तामाङ घेदुङ हरिहरपुरगढी गाउँपालिका कमिटि र घेदुङको वडा नम्बर २ ईकाई कमिटिको संयुक्त बैठकले यहि माघ ३० गते ल्होछार कार्यक्रम गर्ने निर्णय गरेको छ ।

हरिहरपुरगढी झनझने चौरीटोलको गुम्बामा हुने कार्यक्रममा भेषभुषा प्रदर्शन, स्थानीय खानाको परिकार प्रदर्शन, साँस्कृतिक खुल्ला सेलो नृत्य प्रतियोगिता हुने कार्यक्रम संयोजक सुकेश घलान बताएका छन् ।

त्यस्तै, वडा न ४, चयाचुट्टीमा नाङ्साल क्लबको सहकार्यमा फुट्बल प्रतियोगिता समेत हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*