पछिल्लो समयमा चर्चामा रहेको लाहुरे दम्पतिको पुनर्मिलन

तामसालिङ खबर
२३ माघ २०७७, शुक्रबार १८:०१

माघ, काठमाडौं – सामाजिक संजालहरु र बिशेष गरि युट्युवमा चर्चामा रहेको गोरखाका एक दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको पुनर्मिलन भएको छ । शुक्रबार श्रीमान श्रीमतिको रुपमा एक अर्कामा स्वीकार गर्दै गोरखाको पालुङ्टार नगरपालिका ९ को वडा कार्यालयमै पुनर्मिलन गराइएको हो ।

वडा अध्यक्ष भेषराज पाण्डेले राहुल र स्मितालाई खादा लगाइदिएर पनर्मिलन भएको घोषणा गर्दै शुभकामन दिए । करिब १० बर्षदेखि भारतीय सेनामा कार्यरत रहेका राहुलकी श्रीमति स्मिताले उनका परिवार र छोरीसेमेतलाई छाडेर सामाजिक संजालमा परीचय भएका नारायण नाम गरेका एक युवकसँग भागेकी थिइन् ।

वडा अध्यक्ष भेजराज पाण्डेले आफ्नै वडाको घटना भएकाले राहुल र स्मिताका साथै उनका दुवै तर्फको परीवारको समहततिमा आफूले उनीहरुको पुनर्मिलनका लागि सहजिकरण गरेको बताए । उनीहरूकाे शुक्रबार नै विवाह दर्ता भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*