पदमपोखरीमा ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम हुने
माघ, हेटौंडा – तामाङ समुदायको सास्कृतिक पर्ब २८५७ औ लाङ ल्हो (गाई बर्ग) सोनाम ल्होछारको अवसरमा मकवानपुरको पदमपोखरीमा ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
ल्होछार बिशेष सास्कृतिक मूल समारोह समितिको आयोजनामा यहिँ फागुन ३ गते हेटौंडा १३ पदमपोखरी ठुलोथलीमा हुने साँस्कृतिक कार्यक्रममा भेषभुषा, संस्कृति, तामाङ संस्कृति र स्थानिय कलाकारहरुको बिशेष प्रस्तुत रहने कार्यक्रम संयोजक आइमान मोक्तानले बताए ।
कार्यक्रममा गायक तथा संगीतकार विश्व दोङ, गायक तथा संगीतकार टिका भोम्जन, नायिका सुनिता लुङ्बा, गायिका मिङस लामा, गायिका सुजना रुम्बा, सुशिल थिङ, कोरियोग्राफर मेगना मगर, हिरा दोङ, दिपक मोक्तान, धन पाख्रिन, लगायतको प्रस्तुति रहने संयोजक मोक्तानले बताए ।
सास्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले रहने भएका छन् ।

ताम्सालिङ खबर




