दर्जनौ मकवानपुरे तामाङ कलाकारको उपस्थितिमा हेटौडामा आज ल्होछार सास्कृतिक कार्यक्रम हुँदै

ताम्सालिङ खबर
३० माघ २०७७, शुक्रबार ०८:४२

माघ, हेटौडा – तामाङ समुदायको सास्कृतिक पर्ब २८५७ औ लाङ/म्हे ल्हो (गाई बर्ग) सोनाम ल्होछारको अवसरमा मकवानपुर तामाङ कलाकार संघको आयोजनामा आज हेटौडाको टिसिएन चौरमा ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम हुँदै छ ।

जीवा/नम्युङ ल्हो (मुसा वर्ग) लाई बिदाई गर्दै २८५७ लाङ/म्हे ल्हो (गाई वर्ग) लाई स्वागतार्थ बागमती प्रदेशको राजधानी हेटौडामा आज सोनाम ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम हुने भएको हो ।

पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा हुने ल्होछार सास्कृतिक कार्यक्रममा कलाकार संघकै दर्जनौ तामाङ कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति सहित फ्युजन डान्स हाउस, भुटनदेबी युवा क्लब, आस्था कला केन्द्र मनहरीको नृत्य प्रस्तुति रहने भएको छ ।

तामाङ भेषभुषाको प्रदर्शनी, मौलिक खानाका परिकारको स्टल, झाक्री, लामाको नाच, चलचित्र र गायन क्षेत्रको मकवानपुरे अग्रज तामाङ कलाकारको सम्मान, मिस तामाङ मकवानपुर २०७६ को बिजेता, मिस कलिउडको बिजेतालाई सम्मान गरिने संघका महासचिब रबिन्द्र थिङले बताउनु भयो ।

तामाङ भेषभुषा, लामा झाक्रीको झाकी, ब्यानर सहित बिहान ११ बजे हेटौडाको बुद्धचोकमा जम्मा भै कार्यक्रम स्थल सम्म र्याली हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*