ल्होछार रौनक: हेटौडामा ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम (फोटो फिचर)

दिलबहादुर लामा
१ फाल्गुन २०७७, शनिबार ११:१२

माघ, हेटौडा – तामाङ समुदायको सास्कृतिक पर्ब मन्जुश्री सम्बत २८५७ लाङ/म्हे ल्हो (गाई बर्ग) सोनाम ल्होछारको अवसरमा मकवानपुर तामाङ कलाकार संघद्वारा आयोजित ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

जीवा/नम्युङ ल्हो (मुसा वर्ग) लाई बिदाई गर्दै २८५७ लाङ/म्हे ल्हो (गाई वर्ग) लाई स्वगत गरि बागमती प्रदेशको राजधानी हेटौडाको टिसिएन चौरमा ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम भएको हो ।

पूर्वकानुन राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा भएको ल्होछार सास्कृतिक कार्यक्रममा मकवानपुरे अग्रज तामाङ कलाकार गायक तथा संगीतकार तुलुक बल, सुर्य तितुङ, रचनाकार मंगल लामा, चलचित्र निर्देशक बाबु थिङ, निर्माता हस्तबहादुर स्याङ्तानलाई सम्मान गरिएको छ ।

त्यस्तै, प्रथम मिस तामाङ मकवानपुरको बिजेता बिनिमा लामा, फस्ट रनरअप रेखा लो लामा, सेकेन्ड रनरअप आरति थिङ, र मिस कलिउडको बिजेता दिक्षा लामालाई सम्मान गरिएको छ । कलाकार संघको दर्जनौ तामाङ कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिले भरपुर मनोरन्जन दिलाएको थियो भने, फ्युजन डान्स हाउस, भुटनदेबी युवा क्लब, आस्था कला केन्द्र मनहरीको नृत्य समेत रहेको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघिय सदस्य सुनिल मोक्तान, भीमफेदी गाउपालिकाको उपाध्यक्ष पार्वती राना, नेपाल तामाङ घेदुङ बागमती प्रदेशको अध्यक्ष लिलाकुमार घलान, मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सानु लामा, नेपाल आदिबासी जनजाती महासघको पूर्वअध्यक्ष बुद्ध लामा, नेपाल तामाङ घेदुङ मकवानपुरको कार्यबहाक अध्यक्ष कालु घलान, सल्लाहकार शुभरत्न गोले, युवा घेदुङ केन्द्रिय प्रशिक्षण बिभागको प्रमुख सबिन मुक्तान, बागमती प्रदेश घेदुङको सचिबालय सदस्य सुबास सिन्तान, जिल्ला अध्यक्ष सुनिल लोप्चन, जिग्तेन शिवा छेथरलिङ गुम्बाको अध्यक्ष डोल्मा स्याङ्बो, हेटौडा १२ को वडाअध्यक्ष ललित घलान, १६ को वडा अध्यक्ष रामकृष्ण कोइराला लगायतको आतिथ्यता रहेको थियो ।

 

लामा, झाँक्रीको झाकी सहित मौलिक तामाङ भेषभुषामा सजिएर बुद्धचोकबाट बजार परिक्रममा गरि कार्यक्रम स्थल सम्म र्याली समेत गरेको थियो । सास्कृतिक कार्यक्रम संयोजक तथा संघको अध्यक्ष गायक धिरेन लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रम संचालन भने संघको महासचिब रबिन्द्र थिङले गर्नु भएको थियो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*