नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो साधारण सभा सम्पन्न

तामसालिङ खबर
३० माघ २०७७, शुक्रबार १८:५८

माघ, हेटौँडा – नेपाल पत्रकार महासंघ बागमती प्रदेशले दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडामा महासंघले दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल,बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल,बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा,प्रेस संगठन बागमती प्रदेश ईन्चार्ज हिरामान तामाङ,नेपाल प्रेस यूनियन मध्यमाञ्चल संयोजक राममणि दाहाल,महासंघ उपाध्यक्ष सम्झना कार्की(नानीमैया) लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की,महासंघ चितवन अध्यक्ष राधेश्याम खतिवडा,महासंघ रसुवा अध्यक्ष होमनाथ खतिवडा,मकवानपुर अध्यक्ष हरी हुमागाई,महासंघ दोलखा अध्यक्ष जिवन लामा,रामेछाप अध्यक्ष रमेश ढुङ्गेल,धादिङ अध्यक्ष नवराज छतकुली, काभ्रे अध्यक्ष मोतिराम तिमल्सिना,नुवाकोट अध्यक्ष कपिलदेव खनाल,सिन्धुपाल्चोक अध्यक्ष महेश श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो।कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगरले महासचिवको प्रतिबेदन र कोषाध्यक्ष सीताराम अधिकारीले आर्थिक बर्ष २०७६।७७को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालयबाट बागमती प्रदेश १० जिल्लाका पत्रकार महासंघका अध्यक्षलाई रिपोटिङका क्रममा आवश्यक पर्ने आपत्कालीन सामाग्री सहयोग गरेको छ। उक्त साम्रागी बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले १० जिल्लाका अध्यक्षहरुलाई हस्तान्तरण गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*