प्रहरीद्वारा भागरथी हत्याका आरोपी सार्वजनिक

तामसालिङ खबर
५ फाल्गुन २०७७, बुधबार १२:०१

फाल्गुन, काठमाडौं – १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भट्टको हत्यामा संलग्न रहेको अभियोगमा सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने दिनेश भट्ट पक्राउ परेका हुन् । भागरथी पनि सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीले प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा दिनेशई पक्राउ गरिएको बताए । १६ वर्षीय भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् ।

उनले उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने पनि बताए । माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् ।

माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*