झरना साहित्यिक परिवारलाई एक लाख रुपैयाँ राशिको पुरस्कार

फाल्गुन, हेटौंडा – झरना साहित्यिक परिवार मकवानपुरलाई एक लाख रुपैयाँ राशिको पुरस्कार सोमबार हेटौंडामा एक समारोहका विच प्रदान गरिएको छ । पोखराको हेमराज पहारी स्मृति प्रतिष्ठानले झरना साहित्यिक परिवारलाई एक लाख रुपैयाँको पुरस्कार हेटौंडामा आएर प्रदान गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साहित्य परिवारका अध्यक्ष दिपक गौतम लगायतलाई हस्तान्तरण गर्नुभयो ।
हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गित तथा नाट्य एकेडेमीकी प्राज्ञ हरि देवि कोइराला, अग्रज साहित्यकारहरु लगायतकाले आफ्ना धारणा राख्नु भएको थियो ।