महिला कर्मचारीलाई दुव्र्यवहारको आरोपमा रिद्धिसिद्धी सिमेन्टका महाप्रबन्धक पक्राउ
फाल्गुन, हेटौडा – महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा हेटौंडाको रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ल पक्राउ परेका छन् ।
उद्योगमा कार्यरत महिला कर्मचारीले आफुलाई हातपात र दुव्र्यबहार गरेको भन्दै उजुरी दिएपछी मल्ललाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
पुर्व एसएसपी समेत रहेका महाप्रवन्धक मल्ललाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको रानाले बताउनुभयो । घटनापछि त्यहाँ कार्यरत सबै कर्मचारी र स्थानीय वासिन्दाहरुले हेटौंडाको चुरीयामाइमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुइ दिन देखि बन्द गराएका छन् ।






