शिवरात्रीका दिन काठमाडौंको यी स्थानमा सवारी चल्न नपाउने

तामसालिङ खबर
२६ फाल्गुन २०७७, बुधबार १६:०९

फाल्गुन, काठमाण्डौ – शिवरात्री पर्वका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको छ।

पशुपतिनाथ मन्दिरमा लाग्ने शिवरात्री पर्वका लागि ट्राफिक व्यवस्थापन भन्दै महाशाखाले बुधबार सूचना निकालेर बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको छ।

पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। यद्यपी तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन्।

‘महाशिवरात्री पर्वको दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारू गरिनेछ । तर दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिनेछ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*