‘सिआन’ मकवानपुर कलाकारिता अवार्ड जेठमा हुने

ताम्सालिङ खबर
२६ फाल्गुन २०७७, बुधबार १५:१५

चैत्र, हेटौडा – उत्तरी क्षेत्रको थाहा कला केन्द्र मकवानपुरको आयोजना तथा सिआन पुर्नस्थापना केन्द्रको सह-आयोजनामा ‘सिआन’ मकवानपुर कलाकारिता अवार्ड तथा पत्रकार, सर्जक सम्मान कार्यक्रम हुने भएको छ ।

थाहा कला केन्द्रको स्थापना दिवसको अवसरमा कलाकारिता अवार्ड तथा पत्रकार, सर्जक सम्मान कार्यक्रम हुने भएको हो । कोरोनाका कारण स्थगन भएको अवार्ड आउँदो जेठ ९ गते गर्ने गरि तयारी शुरु गरेको छ ।

कलाकारिताको विकासमा निरन्तर लागिरहेको थाहा कला केन्द्रले मकवानपुर जिल्लाभर रहेका कलाकारहरुलाई प्रोत्साहन गर्ने मूल उद्देश्यले अवार्डको कार्यक्रम राखेको कला केन्द्रका अध्यक्ष सानोवावु मुक्तानले बताउनु भयो ।

विभिन्न समयसिमा निर्धारण गर्दै कलाकारलाई हौसला स्वरुप स्वावलम्वि बन्ने प्रयास स्वरुप ३१ बिधामा कलाकारिता अवार्ड र ११ विधामा रिकभरी अवार्ड प्रदान गर्न लागेको बताउनु भयो । साहित्य तथा पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै ५ जना सर्जक र १२ जना पत्रकारलाई सम्मान गर्न लागेको जानकारी समेत जानकारी दिनु भयो ।

मकवानपुर जिल्लामा जन्म भई राष्ट्रिय रुपमा ख्याति प्राप्त गर्न सफल व्यक्तिहरु केदार घिमिरे (माग्ने बुढा), विष्णु सापकोटा (हर्के हल्दार), चेतन सापकोटा, राजेन्द्र खड्गी, निता ढुंगाना, लक्ष्मण शेष लगायतका कलाकार सम्मानित हुनेछन् भने निष्पक्ष पत्रकारिता गरिरहेका १२ पत्रकारहरु पनि सम्मानित हुनेछन् ।

लागुऔषध दुव्र्यसनी विरुद्ध एक होऔँ विषयक सेमिनार समेत संचालन गर्ने सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसिले बताउनु भयो । कार्यक्रममा विविध तिन क्षेत्रका विधाहरु सम्मानित हुने जनाएको छ । हाल मकवानपुरमा करिव ५ सय जना भन्दा बढि कलाकार, ३०० जना भन्दा बढि पत्रकार तथा २०० जना भन्दा बढि साहित्यकारहरु रहेका छन् । यस मध्ये करिब ६० प्रतिशत भन्दा बढि यसै क्षेत्रलाई पेशा बनाई अगि बढिरहेका परिपेक्षमा यस कार्यक्रमले ति अधिकांश कलाकार, पत्रकार तथा सर्जकहरुमा थप प्रोत्साहन मिल्ने आयोजनको भनाई रहेको छ ।

कार्यक्रमले युवा, कलाकार, पत्रकार, सर्जकको हौसलामा थप वृद्धि गराउने, हालको जटिल समस्याको रुपमा रहेको लागुऔषध दुर्ब्यशनी सवालहरु प्रत्यक्ष रुपमा उठउनमा मद्दत पुर्याउने, विभिन्न राष्ट्रिय कलाकारहरु जो मकवानपुर जिल्लामा जन्म भई राष्ट्रिय ख्याति कमाउन सफल रहेका छन् कलाकारहरुलाई सर्वसाधारणमाझ सहजताका साथ भेटघाटको अवसर मिल्ने, ख्याति प्राप्त कलाकारहरु संगको समन्वयले ओझेलमा परेका कलाकारहरुको हित हुन सक्ने कुराको पनि विकास हुन सक्ने आयोजकले अपेक्षा राखेको छ ।

कार्यक्रम थाहा नगरपालिकाको पालुङ जेसिज हलमा हुनेछ । कार्यक्रममा करिब ८ सय भन्दा र्दशकको सहभागिता रहने छ । सो कार्यक्रमहरुको अनुमानित लागत ११ लाख खर्च हुने कार्यक्रम संयोजक भुपेन्द्र राना मगरले जानकारी दिनु भयो । अवार्ड वितरण कार्यक्रमको तयारीका लागि थाहा कला केन्द्रका सदस्य भुपेन्द्र राना मगरको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ ।

मकवानपुर सांस्कृतिक मंच, तामाङ कलाकार संघ र मगर कलाकार संघको संमन्वयमा हुने कार्यक्रममा सम्पुर्ण स्थानिय तहसँंग सहकार्यले समेत सहयोग गर्ने आयोजकका आषिश अस्लामी मगरले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*