जेष्ठ पत्रकार शर्मालाई मासिक पेन्सन

ताम्सालिङ खबर
९ चैत्र २०७७, सोमबार १८:२४

चैत्र, हेटौडा – नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जेष्ठ पत्रकार नवराज शर्मालाई पेन्सन (निवृत्तिभरण) वापतको रकम उपलब्ध गराएको छ । महासंघले स्थापना गरेको पत्रकार पेन्सन बापतको रकम शर्मालाई दिएर पत्रकार पेन्सन कार्यक्रमको शुभारम्भ गरेको छ ।

महासंघको हेटौंडा शाखामा भएको एक कार्यक्रममा हेटौंडा उयपमहानगरपालिका प्रमुख हरिबहादुर महतले शर्मालाई पेन्सन वापतको रकमको चेक हस्तान्तरण गरेर शुभारम्भ गरेका छन् । पत्रकार महासंघको इतिहासमा पहिलो पटक महासंघको मकवानपुर शाखाले ६० बर्ष उमेर पूरा गरेका र पत्रकारिता गर्न छोडेका पत्रकारहरुलाई मासिक पेन्सन (निवृत्तिभरण) वापत रकम उपलब्ध गराउने भएको छ ।

महासंघले पेन्सन वितरणका लागि कार्यविधि समेत बनाएको छ भने, पत्रकारलाई पेन्सन सुविधा दिने देशकै पहिलो महासंघ शाखा भएको छ । प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिकाले महासंघलाई पेन्सन कोषमा रकम उपलब्ध गराएको छ । महासंघले कोषका लागि जम्मा भएको रकमको व्याजबाट ६० बर्ष उमेर पुगेका पत्रकारहरुलाई पेन्सन वापत मासिक रकम उपलब्ध गराउने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*