वक्तृत्वकला प्रतियोगितामा कालिका मावि फाखेलका रश्मी प्रथम

तामसालिङ खबर
९ चैत्र २०७७, सोमबार १८:५८

चैत्र, हेटौंडा (इन्द्रसरोवर) – दारी ग्याङ हेटौंडाको आयोजनामा इन्द्रसरोवरमा सञ्चालि वक्तृत्वकलामा कालिका मा.वि. फाखेलका छात्रा रश्मी रुम्बा प्रथम हुन सफल भएकी छिन ।

“गालामा दारी, काधमा जिम्मेवारी” भन्ने नाराका साथ अघि बढि रहेको दारी ग्याङ हेटौंडाले इन्द्रसरोवर गाउँपालिकाको समन्वयमा पञ्चकन्या मा.वि. खानीखेतमा प्रतियोगिता आयोजना गरेको हो ।

“समाज रुपान्तरणका लागि विद्यार्थीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा महाचुनी माध्यमिक विद्यालयका छात्र प्रदीप वाईवा द्वितीय र कालिका मा.वि. कै छात्र सन्दीप घिसिङ तृतीय हुन सफल भएका छन् ।

प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई प्रमाणपत्र, मेडल र शैक्षिक सामग्रीले पुरस्कृत गरिएको दारी ग्याङ हेटौंडाका सदस्य जिवराज लम्सालले जानकारी दिए ।

चैत्र ९ गते सोमबार सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका ६ वटा माद्यामिक विद्यालयका १० जना विद्यार्थीहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*