तामाङ रिमठिम पर्यटन संजालको अध्यक्षमा अम्बर बम्जन चयन
चैत्र, काठमाडौं – पर्यटन क्षेत्रमा सक्रिय तामाङ व्यवसायीहरुलाई एकै ठाउँमा ल्याउने उदेश्यले स्थापना गरिएको रिमठिम नेपालको नाम परिवर्तन भएको छ । तामाङ पर्यटन व्यवसायीहरुको बुधबार बसेको भेलाले सो संस्थाको नाम ‘तामाङ रिमठिम पर्यटन संजाल’ नामकरण गरेको हो ।
वरिष्ट पर्यटन व्यवसायी कर्ण बहादुर तामाङको संयोजकत्वमा बसेको भेलाले नयाँ कार्यसमिति समेत चयन गरिएको छ । तामाङ रिमठिम पर्यटन सञ्जालको अध्यक्षमा अम्बर बम्जन तामाङ, उपाध्यक्ष सरीता लामा, महासचिव छेटुप लामा, सचिव नरध्वज तामाङ, कोषाध्यक्ष रितु ग्याम्दान तामाङलाई चयन गरिएको छ ।
सञ्जालको सदस्यहरुमा कुमार लामा, रबिदास दोङ, बिजय तामाङ थोकर,वसन्त कुमार तामाङ, दोर्जे तामाङ, दावा वाङ्दी तामाङ, बुद्ध सिं तामाङ, उर्के तामाङ, हिमाल तामाङ, प्रेम लामा तामाङ रहेकाछन् । सञ्जालको संरक्षकमा प्रथम कान्छो सगरमाथा आरोही शम्भु तामाङ रहेका छन् ।

ताम्सालिङ खबर 




