तामाङ बिद्यार्थी घेदुङ मकवानपुरको जिल्ला सम्मेलन हुने

ताम्सालिङ खबर
१८ चैत्र २०७७, बुधबार १७:२९

चैत्र, हेटौडा – नेपाल तामाङ बिद्यार्थी घेदुङ मकवानपुरको दोस्रो जिल्ला सम्मेलन हुने भएको छ । यही चैत्र २१ गते शनिबार मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा जिल्ला सम्मेलन हुने भएको हो ।

बागमती प्रदेशको प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्मेलन हुने कार्यक्रम संयोजक पविना लामाले बताउनु भयो । मकवानपुरको दश वटा स्थानीय तहबाट तामाङ बिद्यार्थीहरु सम्मेलनमा सहभागी हुने संयोजक लामाले बताए ।

सम्मेलन सभ्य र भब्य तरिकाले सम्पन्न गराउन मकवानपुरको सम्पूर्ण तामाङ बिद्यार्थीहरुलाई सहभागिताको लागि अनुरोध गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*