शिवाकोटी दम्पतीको गजल सङ्ग्रह गोधुली चिन्तन विमोचन

तामसालिङ खबर
२१ चैत्र २०७७, शनिबार १९:३३

चैत्र, हेटौंडा – मकवानपुर हेटौंडाका शिवाकोटी दम्पतीद्वारा लिखित गजल सङ्ग्रह गोधुली चिन्तन शनिबार हेटौंडामा विमोचन भएको छ । झरना साहित्यिक परिवारले एक कार्यक्रमको आयोजना गर्दै सङ्ग्रह विमोचन गरिएको हो ।

हेटौंडाका स्रष्टा भोलाप्रसाद शिवाकोटी र एस.आर मञ्जरी ओली शिवाकोटीद्धारा संयुक्त लेखनमा तयार पारिएको कृति गोधुलि चिन्तन मकवानपुरका वरिष्ठ साहित्यकार तुल्सी थापा र कृति लेखकका ९७ वर्षका बुबा कृष्णप्रसाद शिवाकोटीले संयुक्त रुपमा विमोचन गरेका छन।

विमोचन कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्यकार आर.सि रिजाल, रमेश मोहन अधिकारी, सुवास खनाल लगायत मकवानपुरका साहित्य क्षेत्रका स्रष्टाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका सदस्य शुभलक्ष्मी प्रभाले स्वागत भनाइ राखेकी थिइन् भने परिवाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

विमोचन पश्चात कृति माथि विमर्श गजलकार देवराज तिवारी र विश्वनाथ संजेलले आफ्ना भनाइ राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*