तामाङ डाजाङद्वारा तामाङ पत्रकारलाई सम्मान
चैत्र, काठमाण्डौ – तामाङ डाजाङद्वारा शनिबार तामाङ समुदायका प्रतिभाशाली व्यक्ति एवं पत्रकारलाई सम्मान गरेको छ । डाजाङले नेपाल टेलिभिजनका नवनियुक्त महाप्रबन्धक फूलमान बल‚ नेपाल तामाङ पत्रकार महासंघबाट निर्वाचित जिल्ला‚ केन्द्रीय‚ प्रदेश र संघ र परिषद्का सदस्यहरुलाई सम्मान गरेका हुन् ।
महासंघका (काठमाडौँमा भएकाहरु) केन्द्रीय सदस्य सन्चु ब्लोन, उपत्यका प्रदेश परिषद् तीर्थमान बल, उपत्यका प्रदेश सदस्य अर्जुनबहादुर ग्लान, महासंघ कान्तिपुर पब्लिकेशन प्रतिष्ठानबाट प्रदेश परिषद् सुशीला तामाङ, सदस्य सिमा तामाङ, पत्रकार महासंघ काभ्रेका सहसचिव जगतमान बल तामाङ, महासंघ काठमाडौँका सदस्य बुद्ध योञ्जन लगायतलाई सम्मान गरिएका हुन् ।
उनीहरू गत बुधबारको निर्वाचनबाट निर्वाचित भएका हुन् । महाप्रबन्धक बल राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री पदकबाट सुशोभित भएका थिए ।
डाजाङले प्रत्येक महिना गर्दै आइरहेको यो आफ्नो २०४ औँ ग्योइकाइ गेताङ (साहित्यिक कार्यक्रम) हो । सम्मान सँगै नियमित कार्यक्रम कविता, गीत, गजल र सिर्जनाहरू वाचन गरेका थिए । जसमा सजना गोले, रचना मोक्तान, राजु मोक्तान, सञ्जिव योञ्जन, कविराज तामाङ, कुमारसिंह तामाङ, मिथिला स्याङतान, हिरामाया घिसिङ, डुप्साङ लामा, अटुट दोङ, सम्झना वाइबा, पोङदिला च्याङबा लामा, मिना खड्का लगायत सिर्जनाहरू वाचन गरेका थिए ।
कार्यक्रममा जापानका लागि पूर्व नेपाली राजदूत डा गणेश योञ्जनले तामाङ समुदायका प्रतिभाहरुलाई उत्साह दिने काम डाजाङले गरेको उल्लेख गरे ।
यसैगरी भाषाविद् अमृत योञ्जन,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ कलाकार निमा घ्याम्छो बल,वरिष्ठ सङ्गीतकार प्रदिप बमजन, वरिष्ठ तामाङ लोक गायक चन्द्रकुमार मोक्तान लगायतले सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै उनीहरूबाट आफ्नो समुदायको विकासमा महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।
डाजाङका अध्यक्ष फूलकुमार बमजनले प्रतिभाहरूको कदर स्वरूप तामाङ समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने गरी यो कार्यक्रम गरिएको बताए ।






