वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

चैत्र, हेटौंडा – वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नारायणी अस्पतालमा भर्ना भएका उनको आज मंगलबार बिहान ८ः२० बजे मृत्यु भएको हो ।
एक महिनाअघि नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।
श्वासप्रश्वासमा समस्यामा हुनुका साथै खोकी र ज्वरो देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । त्यस्तै, बाराका एकजना कोरोना संक्रमितको पनि आज बिहान ३ बजे नै वीरगञ्जस्थित नारायणी अस्पतालमै मृत्यु भएको थियो ।