करेन्ट लागेर पाख्रिन दम्पतीको मृत्यु
चैत्र, हेटौंडा – हेटौंडामा सोमबार करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।
हेटौडा उपमहानगरपालिका ९ शान्तिचोकका ३५ वर्षीय समिर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाकारी दिए ।
प्रवक्ता रिमालका अनुसार सोमबार बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डन्डिले उठाउन खोज्ने क्रमममा करेन्ट लागेर मृत्यु भएको हो ।






