नुवाकोटमा पत्रकार महासंघको पुनः मतदान हुने
बैशाख, काठमाडौं – मतपत्रमा संकेत नम्बर राखेको भन्दै विवाद भएपछि नेपाल पत्रकार महासंघ, नुवाकोटको नयाँ कार्यसमिति चयनका लागि पुनः मतदान हुने भएको छ ।
बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले नुवाकोटमा पुनः मतदानका लागि एक साताभित्र केन्द्रीय समिति सँग समन्वय गर्न निर्देशन दिने निर्णय गरेको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिनुभयो ।
समितिको निर्णय सँगै नुवाकोटमा अब पुनः मतपत्र छापेर मतदान गर्नुपर्नेछ । मनोनयन दर्ता र नाम प्रकाशन सबै ठिक भएकाले त्यो प्रक्रिया नदाहोर्याइ मतदानको काम मात्र दोहार्याएर गर्नुपर्ने संयोजक काफ्लेले बताउनुभयो ।






