२४ घण्टाको अवधिमा भारतमा २ लाख ५० हजारभन्दा बढी संक्रमित पुष्टी
बैशाख, एजेन्सी – लगातार तेस्रो दिन सोमबार भारतमा २ लाख ५० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५६ हजार ८२८ जना संक्रमित फेला परेका हुन् ।
यही अवधिमा १ लाख ५४ हजार २३४ जना निको पनि भएका छन् । यसअघि १८ अप्रिलमा १ लाख ४३ हजार जना निको भएका थिए । भारतमा सोमबार १७ सय ५७ जनाको मृत्यु भएको छ यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार पार भएको छ ।
भारतमा हाल सम्म १ लाख ८० हजार ५५० जनाले ज्यान गुमाइसकेका छन् ।






