भीमफेदी–कुलेखानी सडक डेढ महिनाका लागि बन्द

तामसालिङ खबर
१० बैशाख २०७८, शुक्रबार ०९:००

बैशाख, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडा र संघिय राजधानी काठमाण्डौको छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी सडक डेढ महिनाका लागि वन्द गरिएको छ । सडकमा पीच गर्नका लागि आज शुक्रबारबाट बन्द गरिएको हो । बैशाख १० गते देखि जेठ २५ गते सम्मका लागि छोटो दुरीको मार्ग वन्द गरिएको हो ।

भीमफेदी–कुलेखानीको सडक फराकिलो पार्ने काम सकेर अहिले भने स्लाब ढलान र पीच गर्ने काम गर्न लागिएको हो । सडकका धेरै स्थानमा यसअघिनै स्लाब ढलान समेत गरिएको छ । अब भने सडकमा पीच गर्न लागिएको बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।

यसअघि दुइमहिना सम्म सडक बन्द गरेर मोड र अप्ठेरो स्थानमा स्लाब ढलान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*