लोकसेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस
बैशाख, काठमाडौं – संवैधानिक परिषद्को बैठकले पूर्वसचिव माधवप्रसाद रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोटामा रेग्मीलाई अध्यक्षमा सिफारिस गरेको स्रोतले बताएको छ । पाँच वर्षअघि आयोगको सचिवबाट अवकाश पाएका ५९ वर्षीय रेग्मी झापाको गौरादह नगरपालिका ३ का बासिन्दा हुन् ।
रेग्मीले विभिन्न पदमा रहेर आठ वर्ष आयोगमा काम गरेको अनुभव छ । रेग्मीले कर्मचारी जीवनमा विभिन्न पदमा लोकसेवा आयोगका सात वटा पदमा परीक्षा दिँदा पहिलो पटक नै उत्तिण भएका थिए ।






