इन्द्रसरोवर गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द
बैशाख, हेटौडा (इन्द्रसरोबर) – उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकाकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
गाउँपालिकाले आइतबार सूचना जारी गरी नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना संक्रमित गाउँपालिका भित्रपनि देखापर्न थालेकोले आगामी वैशाख ३१ गतेसम्म गाउँपालिका भित्रका सरकारी र गैरसरकारी संघसंस्थाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने जानकारी दिएको हो ।
इन्द्रसरोवर गाउँपालिकाको वडा नं ३ का ४४ वर्षिय जनप्रतिनिधि र वडा नं ३ कै ६७ वर्षको पुरुषमा बैशाख २६ गते कोरोना सङ्क्रमण देखिएको गाउँपालिकाको स्वस्थ्य शाखाका प्रमुख मन्नुनाथ अधिकारीले जानकारी दिए ।
त्यस्तै, गाउँपालिकाको वडा नं २ आर्मी व्यारेकका ३६ वर्षिय पुरुषमा बैशाख २३ गते कोरोना संक्रमण पुष्टी भएको हो । गाउँपालिकाको वडा नं ३ मा रहेको सिस्नेरी स्वास्थ्य चौकीमा रहेको ल्याबमा गरिएको एन्टिजेन्ट परिक्षणमा उनीहरुलाई कोरोना पोजिटिभ देखिएको हो ।







