खेलकुद महासंघ मकवानपुरको “कोभिड–नो भिड” अभियान शुरु, माक्स तथा सेनेटाईजर वितरण
बैशाख, हेटौडा – नेपाल खेलकुद महासंघ मकवानपुर जिल्ला कमिटिको आयोजनामा आज आइतबारबाट “कोभिड नो भिड” अभियान सुरु भएको छ ।
महासंघको राष्ट्रिय अभियान अनतर्गत आज हेटौँडा उपमहानगरपालिकाको दक्षिणी नाका रातोमाटे चेकपोष्टमा ब्यानर, पमप्लेट बोकेका युवाहरुले माक्स लगाऔँ, साबुन पानीले हात धोऔँ, सामजिक दुरी कायम गरौ लगाएतका चेतनामूलक प्लेकार्ड सहित सचेतना अभियान चलाएका हुन् ।

कोरोना संक्रमणबाट बच्न र संक्रमणलाई न्यूनिकरण गर्नको लागि सचेतना अभियान महत्वपूर्ण रहेको भन्दै महासंघको केन्द्रीय कमिटिले मातहतको सबै कमिटि मार्फत यो अभियान सञ्चालन गरेको महासंघका केन्द्रीय उप–महासचिव धरम लामाले बताए ।
हेटौँडाको सबैभन्दा ब्यस्त नाकामा अभियान सञ्चालन गर्दा धेरैभन्दा धेरै ब्यक्तिहरुलाई सचेत गर्न सकिने हुँदा आफुहरुले रातोमाटे नाकामा यो अभियान चलाएको महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानले बताए । महासघले संक्रमणबाट जोगिन कर्रा र रातेामाटे चेकपाेष्टमा माक्स सेनेटाईजर र पन्जा समेत वितरण गरिएको थियो ।


ताम्सालिङ खबर 




