चेपाङ‌ बस्तीमा बालविवाह र बहुविवाह सम्बन्धि सचेतना कार्यक्रम

तामसालिङ खबर
२६ असार २०७८, शनिबार ०८:४४

असार, हेटौडा (कैलाश) – कैलाश गाउँपालिकाको चेपाङ बाहुल्य क्षेत्रहरुमा बालविवाह तथा बहुविवाह सम्बन्धि सचेतना कार्यक्रम भएको छ । कैलाश गाउपालिकाको सहयोगमा गोविन्दराम चेपाङ फाउन्डेसनले गाउपालिकाको बाक्लो चेपाङ समुदाय रहेको विभिन्न वडामा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

गाउपालिकाको चेपाङ बाहुल्य वडा नं ३, ४ र ७ मा कार्यक्रम गरिएको कार्यक्रम संयोजक ग्यानेन्द्र तामाङले जानकारी दिए । वडा नं ३ को कालिकाटार, वडा नं ४ को धुसाराङ र वडा नं ७ को ताम्लाङमा कार्यक्रम गरिएको उनले बताए । कार्यक्रममा तुलनात्मक रुपमा चेपाङ समुदायमा बालविवाहको समस्या बढ्दो रहेको औल्याउँदै त्यसको न्यूनिकरणमा जोड दिइएको थियो ।

बालविवाह तथा बहुविवाह का कारण निम्तिने सामाजिक, शारिरिक तथा मानसिक समस्या बारे बालबालिकाको क्षेत्रमा काम गरिरहेका बिषयबिग्य बुद्ध लामाले सहजीकरण गरेका थिए । उनले बालविवाह तथा बहुविवाहको हालको अवस्था, रोक्नका लागि समुदायको तर्फबाट हुनसक्ने प्रयास र कानुनी व्यवस्था बारेसमेत स्पष्ट पारे ।

कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले चेपाङ समुदायमा बालविवाह टडकारो समस्याको रुपमा रहेकाले नियन्त्रणमा सबै निकायले भुमिका खेल्नुपर्ने बताए । बालविवाह र बहुविवाह कानुनी रुपमा अपराध भए पनि यसबारे जसका नहुनाले बालविवाह नरोकिएको उनीहरुको भनाई छ । कानुनले बर्जित गरेको बिषयबारे थप सचेतना फैलाउन आवश्यक रहेको उनीहरुको भनाई छ ।

३ दिनसम्म सन्चालित कार्यक्रममा १ सय ७० जनाभन्दा बढि चेपाङ किशोर किशोरी, युवायुवती तथा अभिभावक सहभागी थिए । चेपाङ समुदायकै पहिलो सांसद तथा गोविन्दराम चेपाङ फाउन्डेसनका अध्यक्ष गोविन्दराम चेपाङले चेपाङ समुदायको बालविवाह तथा बहुविवाह न्युनिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

कैलाश गाउपालिकाका अध्यक्ष टंक मुक्तानले गाउपालिकाले बिबिध कार्यक्रम बनाएर बालविवाह तथा बहुविवाहको नियन्त्रणमा जोड दिइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*