तामाङ चिकित्सकलाई ‘कोरोना स्वास्थ्य अभियान’को लागि आर्थिक सहयोग
असार, काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना महामारी बढेसँगै स्वास्थ्य सामग्रीको संकट साथै ग्रामीण क्षेत्रमा परामर्श सेवा समेत पुगेको छैन।
अक्सिजनको अभाव, स्वास्थ्य सामग्रीको समस्या छँदैछ। यी समस्या समाधानका लागि सहयोग पुर्याउने उद्देश्यले तामाङ चिकित्सक समाज , नेपाल तामाङ घेदुङ र वोधिसत्व बिहारको सहकार्यमा संचालित “कोरोना स्वास्थ्य अभियान” लाई सफल बनाउन नेपाल तामाङ घेदुङ प्रवास बिभागको समन्वयमा सङ्कलित र विभिन्न सहयोगी मनहरुद्धारा सहयोग रकम तीन पटक गरि ६ लाख ७७ हजार २१ रुपैयाँ तामाङ चिकित्सक समाजलाई वितरण गरिएको छ ।
कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोगका स्वास्थ्य साथै चेक जाँच, होम आइसोलेसनमा रहेकाहरुलाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन टेस्टिङ र उपचारमा समेत सघाउ पुर्याउँदै आएका आएका तामाङ चिकित्सक समाजलाई आइतबार नेपाल तामाङ घेदुङको संघीय कार्यालयमा पत्रकार सम्मेलन गरि अग्र पंक्तिमा रहेर सेवा गरेका चिकित्सकहरुलाई सम्मान सहित उक्त रकम वितरण गरिए हो ।
नेपाल तामाङ घेदुङको प्रवास शाखाहरु तामाङ समाजबाट क्यानाडा १ लाख ३६ हजार ५ सय, तामाङ समाज जापान बाट १ लाख ५ हजार , नेपाल तामाङ घेदुङ संघीय सचिवालयबाट १ लाख,नेपाल तामाङ घेदुङ इजरायल बाट ९२ हजार ४ सय,नेपाल तामाङ घेदुङ दक्षिण कोरियाबाट ८१ हजार ९ सय २१ , नेपाल तामाङ घेदुङ कतार ३० हजार , नेपाल तामाङ घेदुङ साइप्रस २५ हजार , नेपाल तामाङ घेदुङ बहराइन २० हजार , नेपाल तामाङ घेदुङ मलेसिया १५ हजार , तामाङ समाज युएई बाट १० हजार , नेपाल तामाङ घेदुङ इजरायल संरक्षक वि वि लामा बाट १६ हजार , समाजसेवी कुमार थोकर बाट १५ हजार, गोले समाज महासचिव डि. बि गोले बाट १५ हजार ,तामाङ समाज युएई का पुर्व अध्यक्ष महेश मोक्तान बाट १० हजार , र तामाङ समाज जापानका पुर्व उपाध्यक्ष सरोज थिङ तामाङबाट ५ हजार सहयोग उपलब्ध भएको थियोे ।
प्राप्त रकम नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले , घेदुङका प्रबास प्रमुख तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले नेपाल तामाङ चिकित्सक समाजका केन्द्रीय अध्यक्ष डा. दिल बहादुर थोकरलाइ उक्त रकम हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष कुमार घिसिङ, घेदुङको महासचिव बाबु घिसिङ , घेदुङका कोषाध्यक्ष रुप बहादुर योन्जन, तामाङ समाज जापानको पुर्व उपाध्यक्ष सरोज तामाङ, गोले समाजका महासचिव डि.बि गोले र पत्रकारहरुको उपस्तिथि रहेको थियोे ।
नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले तामाङ चिकित्सक समाजले स्थापना काल देखि नै समाजको लागि उदाहरणीय काम गरेकोमा खुसी व्यक्त गर्नु हुदै कोरोनाको महामारीको बेलामा अग्र पंक्तिमा रहेर काम सम्पूर्ण तामाङ चिकित्सकहरु र सहयोगी सम्बद्ध संस्थाहरुलाइ धन्यवाद दिनुहुदै कोरोना स्वास्थ्य अभियान लाई ठूलो सहयोग मिलेको बताउनु भयो ।
तामाङ चिकित्सक समाजको केन्द्रीय अध्यक्ष डा. दिल बहादुर थोकरले अभियानको लागि आर्थिक , समाजिक, नैतिक र भौतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिनुहुदै, समाजले तामाङ समुदायलाई मात्र होइन सम्पूर्ण नेपालीहरुलाई सेवा दिदै आएको बताए ।समाजले स्वास्थ्य क्षेत्रलाई मात्र होइन दुखमा परेको सम्पूर्णलाई सहयोग गर्दै आएको बताए । हरेक ग्रामीण बस्तीबस्तीमा गएर सेवा दिदै आएको उनलेे बताए ।






