एकाबिहानै मकवानपुरको दुइ स्थानमा २ वटा शव फेला
असार, हेटौडा – आज बिहान मकवानपुरको छुट्टाछुट्टै स्थानमा दुईवटा शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नंम्बर २ संगमचोक र बकैया गाउँपालिकामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् ।
हेटौंडा-२ संगमचोमा कोठाभित्र एक पुरुषको मृत अवस्थामा शव फेला परेका छन् । बिहान ढिलोसम्म सुतेपछि बोलाउन जाँदा उनि मृत अवस्थामा फेला परेको हो । मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटना स्थल पुगेको छ ।
त्यस्तै, आजै बिहान बकैयामा पनि एक पुरुषको मृत शव फेला परेको छ । बकैया गाउँपालिका वडा नंम्बर ३ मा रहेको बकैया खोलाको पुलमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरी जानकारी दिएका छन् ।
पुलमा स्थानीय क्रसर उद्योगमा कार्यरत दाङका करिब ४५ बर्षीय मजदुर मृत अवस्थामा फेला परेका हुन् । उनको आत्महत्या हो वा अन्य केही भन्ने बारेमा खुलेको छैन ।






