देशभर थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टी
असार, हेटौडा – देशभर थप २ हजार ३ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७ हजार ६ सय ८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना निको भएका छन् ।
नेपाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ । तीमध्ये हालसम्म ९ हजार ४०० जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।






