सर्वोच्चको फैसलापछि हेटौंडामा कांग्रेस र माओवादीद्वारा दिप प्रज्वलन

तामसालिङ खबर
२८ असार २०७८, सोमबार १८:२८

असार, हेटौडा – सर्वोच्च अदालतको फैसलाको स्वागतमा सोमबार हेटौंडामा नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको गठबन्धनले दिप प्रज्वलन गरि स्वागत गरेको छ ।

सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको कदम बदर गरेको खुशियालीमा हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको हो ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल, वाईसियल, अखिल क्रान्तिकारीले अदालतको निर्णयको समर्थनमा प्रर्दशन गरेको हो ।

प्रर्दशनमा नेपाली कांग्रेस, विद्यार्थी संघ, तरुण दल,वाईसियल, अखिल क्रान्तिकारी सहित दुबै दलका विभिन्न भातृ एवं शुभेच्छुक संगठनका नेता कार्यकर्ताहरु र माओवादीसहितका दलका युवा, विद्यार्थीहरु तथा नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*