मकवानपुरमा थप ७४ जनामा कोरोना संक्रमण
साउन, हेटौडा – मकवानपुरमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, पछिल्लो २४ घण्टामा १०५ जनाको पीसीआर परीक्षण गर्दा ५६ जनामा र ६६ जनाको एन्टीजेन परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको हो ।
यस सँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १२ हजार १ सय ४७ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशनमा बसेका ५५ जना र संस्थागत आइसोलेशनमा बसेका १० जना गरी ६५ जना संक्रमणमुक्त भएका हुन् । जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या ११ हजार ३ सय ६८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना सक्रमितको मृत्यु भए सँगै संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ सय ३७ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।






