बाढिले बगाएको परेवाभिरको सडक मर्मत, स्थानीयलाई आवतजावतमा सहज

तामसालिङ खबर
१५ श्रावण २०७८, शुक्रबार ०९:२७

साउन, हेटौडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा रहेको मनहरी मलेखु जोड्ने सडक खण्ड अन्तर्गतको निर्माणाधीन परेवाभिर सडक खण्डलाई लगातार परेको अविरल बर्षाको कारण आएको बाढिले निर्माणधिन उक्त सडक खण्डलाई बाढीले बगाएपछि स्थानीय आवतजावतमा समस्या परेको    थियो ।

निरन्तरको वर्षाले परेवाभिरको निर्माणधिन सडक बगाएर खोलाको बाटो अवरुद्ध बनाएपछि प्राकृतिक भीरका चट्टान समाती ज्यान जोखिममा पारेर स्थानीयहरु आवातजावत गर्ने गरेका थिए ।

सो खण्डमा आवतजावतमा सहज बनाउन तत्कालको लागि जमेको पानी र खाल्डाखुल्डी पुर्ने काम भएपछी स्थानीय बासिन्दालाई भिरमा ज्यान जोखिममा पारेर हिडडुल गर्न टरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*